तन्नेरी मासिक पत्रिकाको यस् वेबसाइटमा यहाँलार्इ हार्दिक स्वागत् छ ।

गजल

तिम्रो मेरो प्रेम कथा, दुई दिनको आहा नहोस,
ला'को माया छुटाएर, दुनियाको हाहा नहोस
तिमी हुन्छौ म हुनेछु, यौटा बेग्लै संसार बनाउँ,
दुखमा नि खुसी खोजौं, विलासिताको चाहा नहोस
यौटा सानो घर होस्, बिस्वासको आधार बनोस,
सामिप्यता तिम्रो मेरो, बल्झिरहने घाहा नहोस
जति मैले चाहेको छु, त्यति नै मलाई प्रेम गर,
रुँदा रुँदै तिम्रै काख, मरेको पनि थाहा नहोस
यो जुनीमा पुरै बाचौं, अर्को जुनि त होला नहोला,
प्रार्थना छ हाम्रो प्रेम, अल्पायुमा नै दाहा नहोस
रहर छैन मलाई, ईतिहास मै नाम लेखाउँ,
बैरी नहुन् कोहि पनि, भगवान्लाई डाहा नहोस
तिम्रो मेरो प्रेम कथा, दुई दिनको आहा नहोस,
ला'को माया छुटाएर, दुनियाको हाहा नहोस










राख्दा प्रेम प्रस्ताब हुन्न भनिनौ,
हुन्छ आयो जबाफ हुन्न भनिनौ!!
डराए झैं गरि तिम्रो स्वीकारोक्ति,
मेरो हातको गुलाफ हुन्न भनिनौ!!
बत्तीमा पुतली झैं हुर्रींदै आइदियौ ,
देखाएनि रवाफ हुन्न भनिनौ!!
खुली गए सबै लाजका पर्दाहरु,
उतारिंदा नकाब हुन्न भनिनौ!!
होस् खुल्दा थिएँ चरम उत्कर्षमा,
पिएकोथें सराब हुन्न भनिनौ !!
उत्तेजना कि समर्पण के थ्यो कुन्नि?
पोखीईंदा तेजाब हुन्न भनिनौ!!
सन्तुस्टिमा लिन मेरै अंगालोमा,
गरेछु क्यारे निसाब हुन्न भनिनौ!!
त्यो रुपसंग यो बैंश को मिलनमा ,
बराबर भो हिसाब हुन्न भनिनौ!!

No comments:

Post a Comment

कृपया तपार्इको महत्वपूर्ण प्रतिकृया यहाँ राख्न सक्नुहुन्छ ।