तिमी जून, जस्ती हैनौ, जून तिमी, जस्तो लाग्छ,
भन भन, मेरी प्रिया, तिम्लाई म, कस्तो लाग्छ?
भन भन, मेरी प्रिया, तिम्लाई म, कस्तो लाग्छ?
तिमी जस्ती, सुवासिली, चाँदलाई, देख्दा खेरी,
गुलाबको, फूल पनि, लजाएर, खस्दो लाग्छ
गुलाबको, फूल पनि, लजाएर, खस्दो लाग्छ
आँखा जुध्छ, लाज मान्छौ, बोल्न पनि, डराउँछौ,
मुस्काउँछौ, ओठ टोकी, अनि माया, बस्दो लाग्छ
मुस्काउँछौ, ओठ टोकी, अनि माया, बस्दो लाग्छ
भोक छैन, निद्रा छैन, तिमीलाई, भेटेदेखि,
के भो के भो, मुटु भित्रै, मायाले नै, डस्दो लाग्छ
के भो के भो, मुटु भित्रै, मायाले नै, डस्दो लाग्छ
मोहनी पो, ला'यौ क्यारे, पिरतीको, जाल्मा पार्यौ,
तिमीसँगै, पापी मन, सुस्तै- सुस्तै, फस्दो लाग्छ
तिमीसँगै, पापी मन, सुस्तै- सुस्तै, फस्दो लाग्छ
जून टिपी, ल्याईदिन्छु, मोतीले नै, सजाउँछु,
तिम्रो माया, बाहेक त, अरु सबै, सस्तो लाग्छ
तिम्रो माया, बाहेक त, अरु सबै, सस्तो लाग्छ
तिमीसँगै, बाँच्न पाऊँ, तिमीसँगै, मर्न पाऊँ,
धरोधर्म, आज भोलि, किन-किन, यस्तो लाग्छ
धरोधर्म, आज भोलि, किन-किन, यस्तो लाग्छ
तिम्रै निम्ति अलिकति सास छ बाँकी अँझै,
आउँछौ कि तिमी भन्ने आश छ बाँकी अँझै
आउँछौ कि तिमी भन्ने आश छ बाँकी अँझै
किन बर्सन्छ आँखाहरू बल्ल थाहा पाएँ,
यै आँखामा त्यो रुपको बाश छ बाँकी अँझै
यै आँखामा त्यो रुपको बाश छ बाँकी अँझै
मायासँगै मेरो मन कुल्चेर गयौ तिमी,
अधकल्चो जिउँदो यो लास छ बाँकी अँझै
अधकल्चो जिउँदो यो लास छ बाँकी अँझै
आँसु सँगै आफैँलाई रित्याईसकेँ मैले,
पीडारुपी सितनको ह्रास छ बाँकी अँझै
पीडारुपी सितनको ह्रास छ बाँकी अँझै
तिम्रै बोलीले बाटो छेक्छ, मर्न सकिन म,
संगै बाँच्ने कसमको त्राश छ बाँकी अँझै
संगै बाँच्ने कसमको त्राश छ बाँकी अँझै
No comments:
Post a Comment
कृपया तपार्इको महत्वपूर्ण प्रतिकृया यहाँ राख्न सक्नुहुन्छ ।