जिन्दगानी कहिल्यै पनि,नटुङ्गिने यात्रा रैछ
सधैँ घुम्छन् दु:ख सुख,नरित्तिने यात्रा रैछ
आनन्द र हाँसो बिना,रोएको छ डाँको छोड्दै
अनन्त यो पीर व्यथा,नछोपिने यात्रा रैछ
अस्तव्यस्त पारेकाछन्,समस्याले घेर्दै घेर्दै
जति मरिमेट्दा पनि,नसुध्रिने यात्रा रैछ
छुट्टिएर सहयात्री लागे,आफ्नै गन्तव्यमा
कहाँ कहाँ पुगे होलान्,नभेटिने यात्रा रैछ
बोक्नु पर्ने गह्रौं भारी,ठाउँ छैन बिसाउनलाई
लगातारै दौडेको छ,नरोकिने यात्रा रैछ
एकादेशकै कथा भए,पुराना ती आत्मीयता
बिर्सी सके "कोमल" मन,नसम्झिने यात्रा रैछ
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

No comments:
Post a Comment
कृपया तपार्इको महत्वपूर्ण प्रतिकृया यहाँ राख्न सक्नुहुन्छ ।