तन्नेरी मासिक पत्रिकाको यस् वेबसाइटमा यहाँलार्इ हार्दिक स्वागत् छ ।

कविता

गरिब हूँ, एकपेट खाने म त बोक्सी हैन।
तन्त्र मन्त्र तातो भात फुक्न जान्या छैन॥
भोको नाङ्गो देखे पछि सब्ले गरे हेला।
समाजले आरोप लाउदा जीवन बन्यो जेल॥

मंगल ग्रह जाँदै छ नि मानिसको ताति।
यस्तो आरोप किन लाउछौ म अवला माथि॥
झाक्री बोक्सी तन्त्रमन्त्र सबै रूढी बादहो।
बोक्सी भन्दै अबलालाई नख्वाऊ गु र छादभो॥

नगर है यस्तो पाप यो देवस्व भूमि।
मान्छे हुन आयौं हामी धेरै जुनी घुमी॥
आफ्नै चेलीबेटीलाई अक्करमा पारी।
बोक्सी भन्दै जिउँदै आगो लगाएर मारी ॥

बोक्सी हैन मातृशक्ति हुन्छे नारी जाति।
जन्मदिने नारीमाथि नबनौं है घाति ॥
आत्मसम्मान सबको हुन्छ खुलुन् सबका आँखा।
नारी नै हुन् आमा भनि गाऊँ मीठो भाका॥

No comments:

Post a Comment

कृपया तपार्इको महत्वपूर्ण प्रतिकृया यहाँ राख्न सक्नुहुन्छ ।