सरोज चौलागाई
आमाले भंथिन मेरो ढुधको भारा नतिरे हुंछ बाबु।
जन्मभुमी र मलाइ छोडी पर्देश नछिरे हुंछ बाबु।।
जन्मभुमी र मलाइ छोडी पर्देश नछिरे हुंछ बाबु।।
बिदेशमा अति दुःख हुंछ मेरो काखमा जस्तो हुदैन।।
पिडा र दुःखका खबर दिई मलाई नपिरे हुंछ बाबु।।
पिडा र दुःखका खबर दिई मलाई नपिरे हुंछ बाबु।।
बरु यतै कष्ट गर पाखा पखेरामा नंग्रा ख्याउ तिमी।
बेल्चा र गैती बोकी बाक्लो कपडा नभिरे हुंछ बाबु।।
बेल्चा र गैती बोकी बाक्लो कपडा नभिरे हुंछ बाबु।।
मनमा अनेक सपना बोकेर घर छोडन खोज्छौ तिमी।
सपना सबै अधुरो हुंछ पाइला नबिरे हुंछ बाबु।।
सपना सबै अधुरो हुंछ पाइला नबिरे हुंछ बाबु।।
अति दुःखले हुर्काए बडाए आज मेरो बुढेशकाल भो।
एक्लो पनामा तडपाई मेरो मुटु नचिरे हुंछ बाबु
एक्लो पनामा तडपाई मेरो मुटु नचिरे हुंछ बाबु
No comments:
Post a Comment
कृपया तपार्इको महत्वपूर्ण प्रतिकृया यहाँ राख्न सक्नुहुन्छ ।