प्रसिद्ध साहित्यकार प्रा भानुभक्त पोखरेलको आज निधन भएको छ ।
मधमेह रोगबाट पीडित ७८ वर्षीय पोखरेललाई आजै बिहान ओम अस्पतालस्थित आकस्मिक कक्षमा भर्ना गरिएको र उपचारकै क्रममा उहाँको निधन भएको हो ।
उहाँका हिमवत्खण्ड महाकाव्य र मृत्युञ्जय महाकाव्य दुई प्रमुख कृति प्रकाशित छन् । नेपाली भाषसम्बन्धी उहाँका विभिन्न पुस्तकहरु पनि प्रकाशित छन् । उहाँ मदन पुरस्कारबाट सम्मानित हुनुहुन्थ्यो ।
उहाँले महेन्द्र मोरङ क्याम्पस विराटनगरमा स्नातकोत्तर नेपाली विषयमा ३० वर्षभन्दा बढी प्राध्यापन गर्नुभएको थियो । उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो
No comments:
Post a Comment
कृपया तपार्इको महत्वपूर्ण प्रतिकृया यहाँ राख्न सक्नुहुन्छ ।