तन्नेरी मासिक पत्रिकाको यस् वेबसाइटमा यहाँलार्इ हार्दिक स्वागत् छ ।

गजल

तिमी माथि, म तल, दुरी धनको डाँडो भयो,
तिम्रो माया मेरो मनमा बिझाउने काँडो भयो !
झुटा बाचा झुटा आशा देखावटी रैछ माया,
धन थियो त माया थियो सकिएसि ठाँडो भयो !
तन दिएँ मन दिएँ केही नराखी दिन बाँकी,
रित्तिएको जिन्दगानी आज मलाई घाँडो भयो !
कति सजिलै बिर्सिदियौ यति लामो सहयात्रा,
टुक्रा टुक्रा भयो मुटु माया किची-फाँडो भयो !
तिम्रै खुसी हेर्न चाहने मेरा दुई आँखाहरू,
आँसु थियो सकियो खाली रित्तो भाँडो भयो !
हे पापी भगवान के गरेको तैंले यस्तो,
मेरो मरणभन्दा पनि तिम्रो बिहे चाँडो भयो !
खिसी गर्छ दुनिया काखी ठोक्छ मलाई हेरी,
बिहे भाकै छैन तर "सुमन काले" राँडो भयो !
तिमी माथि, म तल, दुरी धनको डाँडो भयो,
तिम्रो माया मेरो मनमा बिझाउने काँडो भयो !